आफ्नै भाञ्जाको अपहरणपछि हत्या गरेर फरार रहेका एक व्यक्ति पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

आफ्नै ११ वर्षीया भाञ्जाको अपहरणपछि हत्या गरेर फरार रहेका ४५ वर्षीय राजेशकुमार गुप्ता लाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
राजेशले २०६४ असोज २४ गते भारत सितामणि घर भई काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यालगत्तै फरार रहेका राजेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो।
महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार बेलुकी पाँच बजेतिर बालक वेपत्ता भएका थिए। त्यसलगत्तै अपरिचित व्यक्तिले बाबु बासुदेवलाई फोन गरी ‘तिम्रो छोरा अपहरणमा परेको छ, साढे दुई लाख फिरौती दिएमात्र छाड्छु’ भनेका थिए।
‘बालक अपहरणको मुख्य योजनाकार नै सहोदर मामा राजेश रहेको र उनैले भिजानुबाट दुई लाख रुपैयाँ फिरौती बुझेर पनि भान्जाको हत्या गरेका थिए,’ कार्कीले भने, ‘ट्याक्सीमा आएका अपरिचित व्यक्तिले फिरौती रकम लिएको भनेर भिनाजुसँग वहाना बनाएको खुलेको छ।’
फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा वालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।
गुप्ताले आफ्नै पसलमा काम गर्ने धादिङका विष्णु सुनारको संलग्नतामा बालकको हत्या गरेको खुलेको छ। उनीहरुले जादूटुना सिकाउने वहानामा आफ्नो कोठामा लगेर बालकको हत्या गरेको प्रहरीले जनाएको छ। सुनार भने घटनाको दुई महिनापछि पक्राउ परेका थिए। उनी हाल कारागारमै छन्।
राजेश सुरुमा भाञ्जा हराएको भन्दै आफन्तसँगै खबर गर्न प्रहरीमा समेत पुगेका थिए र खोजी गरेको बाहनासमेत गरेका थिए। पछि उनैमाथि प्रहरीले शंका गरेपछि फरार भएका थिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु