बलिउड अभिनेता रणवीर कपूर बेला बेला चर्चामा आईरहन्छन् । पछिल्लो समय आलिया भट्ट सँगको सम्बन्धले अलि चर्चामा आएका रणवीर पुनः एकपटक चर्चामा आएका छन् । रणवीर मात्र नभई अहिले यो जोडी नै चर्चामा रहेको छ कारण आफनो पहिरनहरु बेच्ने तयारीको खबर । अभिनेत्री आलियाले सामाजिक सन्जालमार्फत रणवीरले मंगलबारबाट आफनो पहिरनहरु च्यारिटीका लागि बेच्ने तयारीमा रहेको जानकारी दिएकी छिन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘रणवीरले आफ्नो पहिरन बिक्री गरेर जुन रकम प्राप्त गर्छन्, त्यो रकम क्यान्सर पीडित बालबालिकाको सहयोगका लागि प्रयोग गरिनेछ’, आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘पहिरनको बिक्री बुधबारबाट शुरु हुनेछ । यसबाट आउने रकम क्यान्सरपीडित बालबालिकाका लागि पोषण आहार किन्न खर्च गरिनेछ ।’ आलियाका अनुसार रणवीरको यो अभियानमा कडल्स फाउण्डेसनले सहयोग गर्नेछ ।
Advertisements



JUNGLE






from the
city


