आमाको कुटाईबाट छोराको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 137
  •  
  •  
  •  
  •  
    137
    Shares

रौतहट ४ साउन ।
रौतहट स्थित सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो ।
आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश शहनिको श्रीमति २० बर्षीया फुलवादेवि शहनीले सौताको छोरा ५ बर्षीय कृष्ण शहनिलाई शुक्रबार सांझ मर्नासन हुनेगरी कुटपिट गरेको थिइन् ।
गम्भीर चोटपटक लागेका ५ बर्षिय नाबालक कृष्ण शहनी को उपचारको क्रममा आज सुकदेव चौकस्थित नेपाल तराई अस्पतालमा मृत्यु भएको सशस्त्र बेस क्याम्प देवाहिका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीले जानकारी दिए ।
यसैबीच कुटपिट गर्ने सौतेनी आमा फुलवादेवी शहनी लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक नाबालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी आरोपी महिला नियन्त्रणमा रहेकोे र घटना बारे थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु