आमिर खानका भाञ्जा इमरान खानले छोडे अभिनय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

आमिर खानका भाञ्जा इमरान खानले अभिनय छोडेको उनका साथीले जानकारी दिएका छन् । नायक अक्षय ओबरोयले हालै इमरानले अभिनय छोडेको जानकारी भारतीय मिडियालाई दिएका हुन् । उनले इमरानले अभिनय छोडिसकेकोले अब उनलाई फिल्मको पर्दामा देख्न नसकिने बताए । अक्षयले साथी इमरानको तारिफ गर्दै भविष्यमा उनलाई एक लेखक वा निर्देशकको रुपमा देख्न सकिने पनि सम्भावना व्यक्ति गरे । अक्षयले इमरानको सिनेमा बारे बुझाई निकै राम्रो भएको बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अक्षयले एक वेबसाइटसँगको कुराकानीमा भने, ‘मेरा अति नै प्रिय साथी इमरान खान हुन् जसले अब अभिनय गर्दैनन् किनभने उनले अभिनय छोडिदिएका छन् । इमरान मेरा त्यस्ता साथी हुन् जसलाई म बिहान ४ बजे फोन गरेर पनि कुरा गर्न सक्छु । म र इमरान विगत १८ वर्षदेखि सँगै छौं । हामी दुबैले सँगै अभिनय पढेका थियौं ।’ अक्षयले थपे, ‘इमरानले अभिनय छोडेका त छन् तर मलाई थाहा छ कि उनी राम्रा लेखक र निर्देशक हुनसक्छन् । उनले आफ्नो फिल्म कहिले निर्माण गर्लान् भनेर मलाई थाहा त छैन । तर जब उनले फिल्म बनाउनेछन् तब शानदार बनाउनेछन् किनभने सिनेमाप्रति उनको बुझाई र सोच निकै उच्च छ ।’ स्मरण रहोस्, केही दिन अघि इमरान आफ्नो नीजि जीवनका कारण चर्चामा आएका थिए । इमरान र श्रीमती अवन्तिक अलग हुने चर्चा चलेको थियो । यद्यपि, दुबैले यसबारे केही पनि टिप्पणी भने गरेका छैनन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै अवन्तिकाकी आमालाई जब यसबारे सोधियो तब उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘हामी सबै यो खबर पढिरहेका छौं, तर वास्तविकता यस्तो होइन । केही समस्या पक्कै छन् तर यसलाई सुल्झाउने कोसिस गरिँदैछ ।’ स्मरण रहोस्, इमरान र अवन्तिकाले सन् २०११ मा विवाह गरेका थिए र यी दुईका इमारा नामकी छोरी छन् । इमरानले सन् २००८ मा फिल्म ‘जाने तू या जाने ना’ मार्फत् बलिउडमा डेब्यू गरेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु