आलियाले अभिनय गरेको चलचित्र ‘गंगुबाई काठियावाडी’को टिजर रिलिज भएको छ । यो टिजरमा आलिया मात्रै छाएकी छिन् । आलियाको कामको प्रशंसा सामाजिक संजालमा देखिन्छ । उनले बोलेका संवाददेखि उनको हाउभाउले दर्शकको मन छोएको छ । परिवारकै कारणले बलिउडमा आएपनि आलिया अभिनयको खानी भएको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । केही महिना अगाडि मात्र नेपोटिज्मको शिकारमा परेकी आलिया यतिबेला भने सर्वत्र चर्चामा छिन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो । यो चलचित्रले आलियाको अभिनयलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ । बलिउडका पण्डितहरुले यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरेका छन् ।