आवश्यक परिमार्जन जारी गरेर यातायात सञ्चालनको मोडालिटी बनाउने : महानिर्देशक हमाल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २९, काठमाडौं । यातायात सेवा सुचारु गर्ने सम्बन्धमा यातायात व्यवस्था विभागले मजदूरहरुसँग कोरोनाभाइरसको जोखिमका बीचमा यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल थालेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विभागले सबै संगठनहरु नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात व्यवसायी मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संघलाई बिहीबार दिउँसो छलफलमा बोलाएको नेपाल यातायात मजदूर संघ अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विभागले एकतर्फी रुपमा यातायात सञ्चालन निर्देशिका बनाउन थालेपछि ती संघहरुले ग्यारेजबाट कुनै पनि गाडी ननिकाल्ने धम्की दिएका थिए । मजदूरहरुको उक्त धम्कीपछि उनीहरुका मागलाई समेत निर्देशिकामा समेट्ने आश्वासन विभागका महानिर्देशक गोगनबहादुर हमालले दिएको बताइएको छ ।

महानिर्देशक हमालले भने विभागले यातायात सञ्चालनसम्बन्धी निर्देशिका तयार गरेर सरोकारवालाहरुसँग छलफल गरिरहेको भन्दै आवश्यक परिमार्जनसहित जारी गरेर यातायात सञ्चालनको मोडालिटी बनाउने बताएका छन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले ३ चरणमा लकडाउन खोल्नेगरी निर्णय गरेको बताइएको छ । जसअनुसार आजदेखि पहिलो चरणको लकडाउन खुला हुनेछ । २१ दिनपछि दोस्रो चरण र त्यसको १५ दिनपछि तेस्रो तरणमा लकडाउन खुला हुनेछ । सरकारको निर्णय अनुसार यातायात सेवा खुला गर्दै जाने विभागले प्रस्ताव गरेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु