इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी महत्वपूर्ण जीतसहित दोस्रो स्थानमा उक्लियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी महत्वपूर्ण जीतसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई २–० ले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा बार्नेसले गोल गरेपछि लेस्टर सिटी २–० ले विजयी भयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जितपछि दोस्रो स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ । गएराति नै भएको अर्को खेलमा चेल्सीले कठिन जीत निकालेको छ । चेल्सीले फुलह्यामलाई १–० ले पराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्टले निर्णायक गोल गरे । यो जितपछि चेल्सी १८ खेलबाट २९ अंक सहित लिगको छैटौं स्थानमा उक्लिएको छ । गएराति नै भएका अन्य खेलमा ब्राइटनले लीड्स युनाइटेडलाई तथा वेष्ट ह्यामले बर्नलीलाई १–० ले पराजित गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु