आजबाट इंग्ल्यान्डमा जारी दोस्रो चरणको लकडाउनको अन्त भएर आंशिक लकडाउन शुरु हुदैछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण दरलाई नियन्त्रण गर्न भन्दै सरकारले गत महिना नोभेम्बर ५ बाट डिसेम्बर २ सम्मका लागि इंग्ल्याण्डमा करिब चार हप्ता लामो देशव्यापी लकडाउनको घोषणा गरेको थियो । सो अवधिमा बन्द गरिएका इंग्ल्याण्डका पब, रेष्टुरेन्ट, बार जिमखाना, हेयर ड्रेसर, ब्यूटी शैलुन, पर्सनल केयर सर्भिस लगायतका अत्यावश्यक बाहेकका सबै पसलहरु बुधबारबाट संचालन हुनेछन । तर, संक्रमण दरको प्रकृति हेरेर कतिपय स्थानमा भने अझै पनि कडा प्रतिबन्धको नियम लागू हुनेछ । लकडाउन खुले पनि करिब ५५ मिलियन इंग्ल्याण्डवासीहरु अझै पनि अर्को घरका परिवारसँग घरमाभित्र बस्न पाउने छैनन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बेलायती सरकारद्वारा इंग्ल्याण्डमा बुधबारबाट लागू गर्न लागिएको तीन चरणको लकडाउन मंगलबार संसदमा भोटिंगमार्फत पास गरिएको थियो । बुधबारबाट जारी गरिने लकडाउनलाई कोरोना संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरि तीन तहमा वर्गीकरण क्षेत्रगत प्रतिवन्धको घोषणा गरिएको छ । बढी संक्रमण भएका कारण अति उच्च जोखिममा परेका क्षेत्रहरुमा म्यान्चेस्टर, बर्मिङहम, नटिङहम, लेस्टर, लिंकनशायर, ब्ल्याकपुल, ल्यांकाशायर, वारविकशायर, ब्रिस्टोल, साउथ ग्लस्टशायर, नर्थ समरसेट लगायतका क्षेत्र छन् ।उच्च अलर्टमा सबैभन्दा बढी क्षेत्रहरु छन् । लण्डन, लिभरपुल, योर्कशायर, वर्सेस्टरशायर, हेरफोर्डशायर, नर्थह्याम्पटन, क्याम्ब्रिज, एसेक्स, बेडफोर्डशायर, ससेक्स, सर्रे, रेडिङ, ह्याम्पशायर ९आयल्स अफ ह्वाइटबाहेक०, बकिङहमशायर, अक्सफोर्डशायर, बाथ, डोरसेट, ग्लस्टशायर, स्वीण्डन, डेभन, बर्नमाउथ लगायतका क्षेत्र उच्च अलर्टमा राखिएका छन् । संक्रमण न्यून रहेर मध्यम अलर्टमा रहने क्षेत्रमा आयल अफ ह्वाइट, कर्नवाल, आयल अफ स्किली लगायतका थोरै क्षेत्र मात्रै छन् ।



JUNGLE






from the
city



यसअघि लागू गरिएको तीन तहको लकडाउनको तुलनामा यसपटकको लकडाउन बढी प्रतिबन्धात्मक हुनेछ । जस अनुसार
अति उच्च जोखिम अन्तर्गतका क्षेत्रहरुमा मानिसहरुलाई इन्डोर जमघटमा रोक लगाइएको छ । बढीमा छ जनाको समूहमा आउटडोर अर्थात पार्कमा भेट्न पाउनेछन् भने रेष्टुरेन्ट तथा पब जस्ता सार्वजनिक स्थानहरुमा समेत भेटघाट प्रतिबन्ध लगाइएको छ । टेकअवेबाहेकका पब तथा रेष्टुरेन्टहरु बन्द रहनेछन् । इन्डोर मनोरञ्जन भेन्यूहरु बन्द रहनेछन् भने पर्सनल केयर तथा हेयर ड्रेसर भने सञ्चालन हुनेछन । उच्च जोखिम रहेका क्षेत्रमा अन्य घरका परिवारसँग घरभित्र जमघट गर्न पाइने छैन । सार्वजनिक स्थानबाहेक पार्कमा बढीमा ६ जनासम्म भेटघाट गर्न पाइनेछ । पब तथा रेष्टुरेन्टहरु ११ बजे राति अनिवार्य रुपमा बन्द गर्नुपर्नेछ ।
यसैगरी मध्यम जोखिम भएका क्षेत्रहरुमा भने अन्य घरका ६ सदस्यसम्मको घरभित्र जमघट गर्न पाइनेछ । यसैगरी पब तथा रेष्टुरेन्टहरु राती ११ बजेभित्र बन्द गरिसक्नुपर्नेछ । सिमित संख्यामा खेलकुद तथा लाइभ कार्यक्रमा सञ्चालन गर्न पाइनेछ ।
क्रिसमसको समयलाई मध्यनजर गर्दै लकडाउनलाई सहज पर्ने सरकारले यसअघि नै घोषणा गरेको थियो । यद्धपि बेलायतमा कोरोना संक्रमणको दर अझै पनि नियन्त्रणमा आएको छैन । पछिल्ला केहि दिनहरुमा दैनिक रुपमा पाँचदेखि सात सयको
हाराहरीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यसैगरी संक्रमितको संख्या पनि दैनिक १२ हजारभन्दा बढी रहेको छ । हिजो मंगलबार मात्र २४ घन्टामा थप ६०३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने १३ हजार ४३० जना नयाँ संक्रमित थपिएका थिए । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजारभन्दा बढी छ । बेलायतमा यहि डिसेम्बरको पहिलो साताबाट कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप यसैसाता ब्रिटेनमा आइपुग्ने बताइएको छ ।