मंगलबार राति इंग्लिस फुटबल लिग (इएफएल) अन्तर्गत भएको खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युनाइटेडले लुटन टाउनलाई ३–० गोलले पराजित गरेको हो । उक्त खेलमा युनाइटेडका लागि जुआन माटा, मार्कस रासफर्ड र मेसन ग्रीनवूडले एक एक गोल गरे । उक्त खेलको ४४औं मिनेटमा युनाइटेडका माटाले गोल गरी टिमलाई अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि खेलको ८८औं मिनेटमा रासफर्डले र अन्तिम समयमा ग्रीनवूडले गोल गरी युनाइटेडलाई जित दिलाए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185