इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियामाथि सानदार जित निकाल्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब सेभियामाथि सानदार जित निकालेको छ। सेभियाको घरेलु मैदानमा भएको खेलमा ओलिभर जिराउड चम्कँदा चेल्सीले ४(० को सानदार जित निकालेको हो। चेल्सीको जितमा सबै गोल जिराउडले गरे। खेलको छैटौं मिनेटमा जिराउडले गरेको गोलमा अग्रता बनाएको चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा उनले तीन गोल थपे। उनले ५४, ७४ र ८३ औं मिनेटमा गोल गरेका थिए। उनले अन्तिम गोल पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गरेका थिए। चेल्सीले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै गएराति नै भएको समूह ‘इ’ कै अर्को खेलमा क्रसनोदरले रेनसमाथि १(० को संघर्षपूर्ण जित निकालेको थियो। जितसँगै समूहमा १३ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ भने सेभिया १० अंकसहित दोस्रो स्थानमा छ। यी दुबै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै क्रस्नोदर ४ अंकसहित तेस्रो र रेनेस १ अंकसहित पुछारमा छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु