इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेडलाई ४-३ गोलले हरायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ प्रवेश गरेको टिम लिड्स युनाइटेडलाई ४-३ गोलले हराएको छ । लिभरपुलको जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एकरएक गोल फर्काए । लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको पासलाई ज्याक ह्यारिसनले गोल गर्दै बराबरीमा पुर्याए । लिभरपुलले २० औं मिनेटमा नै अग्रता बनायो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको हेडर किप्पर इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्सकस बामफर्डले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसको तीन मिनेटमै लिभरपुलले फेरि खेलमा अग्रता लियो । मोहमद सलाहले फेरि गोल गरे । खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथो पटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु