इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स ९युएइ० र बहराइनको भ्रमण स्थगित भएको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गरेको जनाइएको छ । ‘युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुपर्यो,’ नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ । उनको भ्रमणको बेलामा कोरोनाभाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि उनलाई भ्रमणका लागि प्रस्थान गर्न कठिनाई भएको हो । एजेन्सी
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युएइ र बहराइनको भ्रमण स्थगित
- सिम्रिक खबर.
- • ४ हप्ता अगाडि