इजरायलले कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण शुरू गर्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

इजरायलले आइतवार कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षण शुरू गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ संक्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । महामारीको शुरूमै त्यहाँका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर)लाई कोभिड–१९ भाइरस विरुद्धको खोप विकास गर्न निर्देशन दिएका थिए । खोपको शुरुआत शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयंसेवकहरूलाई दिएर आइतवार गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरूमध्ये एक हो । इजरायलमा अहिलेसम्म कुल ३ लाख १४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने २ हजार ५४१ व्यक्तिको मृत्यु भएको छ । इजरायलले आइतवारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु