इजरायल लकडाउनबाट मुक्त हुन एक वर्ष लाग्न सक्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कोभिड– १९ का कारण जारी लकडाउन हट्न अझै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका छन् । ‘यो लकडाउनबाट बिस्तारै र क्रमिक रूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,’ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले सर्वसाधारणलाई उनीहरूको घरबाट दुई सय मिटरभन्दा बाहिर जान रोक्नुपर्ने र अतिआवश्यकबाहेकका गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरेका छन् । हाल एक हजार मिटर आसपाससम्म जान पाइने व्यवस्था छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इजरायलले १८ सेप्टेम्बरदेखि तीन साताका लागि दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिलो बिरामी फेला परे पनि पछिल्ला केही सातामा यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रोपटक लकडाउनको घोषणा गरेको हो । इजरायलमा कोभिड– १९ नियन्त्रणका लागि लिएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ । इजरायलको झन्डै एक चौथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु