इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स नापोलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलले गोल गरेपछि युभेन्ट्सले नापोलीलाई २(१ ले पराजित गरेको हो ।घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो । ७३ औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
इन्जुरी टाइममा नापोलीका लागि इनसिग्ने लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काए । जितपछि २९ खेलबाट ५९ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टरभन्दा १२ अंकले पछि छ । २९ खेलबाट ५८ अंक रहेको एटलान्टा चौथो स्थानमा झरेको छ । समान खेलबाट ५६ अंकसहित नापोली पाँचौ स्थानमै छ । शीर्ष स्थानको इन्टरले ससुलोलाई २(१ ले पराजित गर्दै दोस्रो स्थानको एसी मिलानमाथि ११ अंकको अग्रता बनाएको छ ।



JUNGLE






from the
city



इन्टरको जितमा रोमेलु लुकाकुले १०औं र लाउटरो मार्टिनेजले ६७औं मिनेटमा गोल गरे । सुसुलोका हामेदले ट्राओरले ८५औ मिनेटमा एक गोल फर्काए । जितपछि इन्टरले २९ खेलमा ७१ अंक जोडेको छ ।