इटालीमा कोरोना भाइरसको दोस्रो लहर फैलिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । यससँगै त्यहाँ बिहीबारदेखि मास्क लगाउन अनिवार्य गरिएको छ । इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिएका थिए । मास्क नलाउनेलाइ ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम लागू गरिएको छ । यद्यपि अन्य कडाइ भने हाल गरिएको छैन । इटालीमा पछिल्लो समय दैनिक संक्रमितको संख्या पुनः बढ्न थालेको छ । बिहीबार एक दिनमा त्यहाँ ४ हजार ४५८ जना नयाँ संक्रमित थपिएका छन् भने थप २२ जनाको मृत्यु भएको छ । हालसम्म त्यहाँ कुल संक्रमित संख्या ३ लाख ३८ हजारभन्दा बढी छ भने ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185