महिनौं लामो चर्चापछि अमेरिकी कम्पनी इन्टेलले आफ्नो इलाभेन्थ जेनेरेसनको कोर प्रोसेसर बन्ने तयारीमा रहेको घोषणा गरेको छ । टाइगर लेक इभो नाम दिइएको यो प्रोसेसर पातलो तथा हलुका ल्यापटपका लागि बनाउने कम्पनीले बताएको छ । यो चिप १० नानोमिटर प्रोसेसरमा आधारित हुनेछ । कम्पनीले यो चिपले टेन्थ जेनेरेसनको चिपको तुलनामा राम्रो पर्फमेन्स दिने बाचा गरेको छ । कम्पनी अहिले एआई आधारित काममा चिपको पर्फमेन्स सुधार गर्न केन्द्रित छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
इन्टेलका अनुसार इलाभेन्थ जेनेरे चिप अफिस प्रोडक्टिभिटीका लागि २० प्रतिशत फास्ट, गेमिङ तथा स्ट्रिमिङका लागि दुई गुणा फास्ट र कन्टेन्ट क्रिएसनका लागि २।७ गुणा फास्ट रहनेछ । तर यो प्रोसेसरबाट इन्टेलले आफ्नो बाचा पुरा गर्ने हेर्न बाँकी छ । टेन्थ जेन मोडलमा ४।० गिगाहर्ज थियो भने यो मोडलको प्रोसेसरमा ४।८ गिगाहर्ज रहेको छ । समग्र पावर कन्जम्पसन भने दुवैमा उस्तै हुनेछ । यसलाई १० एनएम ट्रान्जिस्टर साइजले इनेबल गर्दछ । यो चिपसेट थण्डरबोल्ट फोर
कनेक्टिभिटीमा आउनेछ र राम्रो पर्फमेन्सको लागि यसमा पीसी एलई जेन फोर सपोर्ट रहनेछ । सँगै यो एक्सटर्नल जीपीयू जस्तो हाई एण्ड एसेसोरिजसँग पनि कनेक्ट हुनेछ ।



JUNGLE






from the
city



यो सीपीयूले एआई आधारित नोइज सप्रेसनलाई सपोर्ट गर्नुका साथै ब्याकग्राउण्डलाई ब्लर बनाउने र भिडियो डिकोडिङलाई सुधार गर्नेछ । यसबाहेक गिग प्लस स्पीडका लागि वाईफाई सिक्स सपोर्ट बिल्ट-ईन हुनेछ । यसबाहेक कम्पनीले यो चिपमा ग्राफिक्सका लागि पनि धेरै सुविधा दिने बताएको छ ।