इन्डियन प्रिमियर लिग यही वर्षको अन्त्यतिर गर्ने योजना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २९, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अक्टोबरमा टी-२० विश्वकप गर्ने निर्णय अर्को महिना गर्ने भएपछि बीसीसीआईले यस वर्ष आईपीएल गर्न प्रयास गर्ने जनाएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) यही वर्षको अन्त्यतिर गर्ने योजना भइरहेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले क्रिकेट बोर्डको सदस्यहरुलाई पत्र पठाउँदै बोर्ड आईपीएल आयोजना गर्ने हरेक सम्भावनामा काम गरिरहेको र बोर्डले यो प्रकियाबारे छिट्टै निर्णय गर्ने बताएका हुन् । यस्तै खालि स्टेडियममा क्रिकेट गर्न पनि बोर्ड तयार रहेको उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

‘बीसीसीआई यस सिजन आईपीएल आयोजना गर्न हरेक सम्भावित विकल्पबारे छलफल गरिरहेका छौँ । खालि स्टेडियममा पनि प्रतियोगिता गर्न तयार छौँ । फ्यान फ्रेन्चाइज खेलाडी ब्रोडकास्टर स्पोन्सर र अरु सबै स्टेकहोल्डरहरु पनि यस वर्ष आईपीएल सम्भव होस् भन्ने चाहिरहेका छन्,’ गांगुलीले पत्रमा लेखेका छन्। उनले पछिल्लो समयम भारत र भारत बाहिरका खेलाडीहरुले पनि यस वर्ष आईपीएल खेल्न उत्सुक रहेको इच्छा देखाइरहेको बताउँदै बीसीसीआईले यसको भविष्यबारे केही समयमा निर्णय गर्ने समेत उल्लेख गरेका छन् ।

आईपीएलको २९ मार्चदेखि सुरु गर्ने सुरुवाती मिति कोरोनाले प्रभावित बनेको थियो । बीसीसीआई आईसीसीको बुधबारको मिटिङको निर्णयको प्रतिक्षामा थियो । तर आईसीसीले टी-२० विश्वकपको निर्णय अर्को महिना गर्ने भनेपछि आईपीएल गर्नेबारे बीसीसीआईको योजनामा धक्का लागेको हो । यस्तै गांगुलीले डोमेस्टिक क्रिकेट गतिविधिमा पनि केही परिवर्तन हुन सक्ने बताएका छन् । उनले डोमेस्टिक क्रिकेटको अर्को सिजनबारे बीसीसीआईले योजना बनाइरहेको र विभिन्न फर्म्याट र विकल्पबारे बहस गरिरहेको समेत बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु