

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोरोना भाइरस संक्रमणको जोखिमको कारण इन्डोनेसियाको पर्यटकिय गन्तव्य बाली द्वीप पर्यटकहरूको लागि खुला नहुने भएको छ।



JUNGLE






from the
city



त्यहाँका अधिकारीहरूले अर्को महिनाबाट विदेशी पर्यटक आउन सक्ने बताएका थिए तर इन्डोनेसियामा बढ्दो कोभिड १९ को घटनालाई ध्यानमा राखेर यो निर्णय स्थगित गरिएको जनाएको छ ।
यो निर्णयपछि त्यहाँको अर्थव्यवस्थामा नयाँ संकट पैदा हुने भएको छ। त्यहाँका जनताको आर्थिक अवस्था पर्यटनमा पनि निर्भर रहेको छ ।प्रत्येक वर्ष लाखौं विदेशी पर्यटक बाली जाने गर्छन्। तिनीहरू त्यहाँ खाली समुद्र तट, टेरेस्ड धान क्षेत्र र हिन्दू मन्दिरहरू हेर्नका लागि पुग्ने गर्छन् ।
तर अन्य देशहरूमा कोरोना महामारी सुरु भएको कारण इन्डोनेसियाले सीमा बन्द गर्ने निर्णय गरेपछि विदेशी पर्यटकको संख्यामा अचानक गिरावट आएको छ ।
जुलाईको अन्त्यबाट घरेलु पर्यटकका लागि खुला गरेर पर्यटनसँग सम्बन्धित त्यहाँको अर्थव्यवस्था बचाउने कोशिस सुरु गरिएको छ । त्यहाँको बीच, मन्दिर र अन्य पर्यटकीय स्थान पर्यटकका लागि त्यसबेला नै खुला गरिएको हो । यद्यपि रेस्टुरेन्ट, होटलदेखि रिसोर्टमा काम गर्ने कामदारहरुसमेत गाउँ फर्किएर काम खोजिरहेका छन् ।
बालीका गर्भनर भयान कोस्टरले बालीमा विदेशी पर्यटक ल्याउन अनुकुल नरहेको बताएका छन् । सन् २०२० को अन्त्यसम्म बन्द रहने बालीमा अब कहिले विदेशी पर्यटकका लागि खुला गर्ने भन्ने बारेमा केही बताइएको छैन ।
गर्भनर कोस्टरले द्विप खोल्नका लागि विवेकपूर्ण र सावधानीपूर्वक तयारी गरिने उल्लेख गरेका छन् । द्विपको प्रतिष्ठामा ठेस नपुग्ने तथा रिकभरीलाई समेत नोक्सान नहुने गरी निर्णय गर्ने उनको भनाई छ ।