इन्स्टाग्रामले आईफोनको क्यामेराबाट मानिसहरुमाथि निगरानी गरिरहेको आरोपमा सान फ्रान्सिस्कोको जिल्ला अदालतमा मुद्दा दायर भएको छ । गत जुलाईमा फेला परेको एउटा बगसँग इन्स्टाग्रामको हालको यो मामिला जोडिएको बताइएको छ । गत जुलाईमा फेसबुकले इन्स्टाग्रामले क्यामेरा प्रयोग नगर्ने भन्दै एपको बचाउ गरेको थियो । तर एप्पलको आईओएस फोर्टिन सफ्टवयरले इन्स्टाग्रामले आईफोनको क्यामेरा प्रयोग गर्ने संकेत दिएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘इन्स्टाग्रामले प्रयोगकर्ताको स्मार्टफोन क्यामेरा फिचर निरन्तर एक्सेस गरिरहेको छ । यो एपले बिना अनुमति खुल्ला रुपमा प्रयोगकर्ताको निगरानी गरिरहेको छ,’ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा भनिएको छ । उक्त मुद्दा न्यू जर्सी इन्स्टाग्राम प्रयोगकर्ता ब्रिट्नी कन्टिडीले इन्स्टाग्राम र उसको अभिभावक कम्पनी फेसबुक विरुद्ध दायर गरेको हो । यसरी इन्स्टाग्रामले मानिसहरुको गोप्य समयको पनि निगरानी गर्ने उनीहरुको आरोप छ ।



JUNGLE






from the
city


