इरानको अल्बोर्ज माउण्टेन रेन्जमा आएको हिम पहिरोमा परी कम्तिमा १० जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इरानको अल्बोर्ज माउण्टेन रेन्जमा आएको हिम पहिरोमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ । इरानका अधिकारीहरूका अनुसार हिम पहिरो र त्यसपछि हिउँपातसँगै आएको हुरीमा परी अरु धेरै हराइरहेका छन् । घटना भएको हिमाल इरानको राजधानी तेहरानदेखि उत्तरतर्फ पर्छ । राजधानीबाट नजिकै पर्ने माउन्टेन अल्बोर्ज आरोही र स्की गर्न चाहनेहरूमा निक्कै चर्चित छ । सो क्षेत्रमा पछिल्लो केही दिनदेखि मौसम बिग्रिएको जनाइएको छ । अन्तर्राष्ट्रिय मानवीय अभियान द रेड क्रेसेन्टले उक्त क्षेत्रमा हराइरहेकाहरूको खोजीका लागि २० टोली खटाएको जनाएको छ । उनीहरूले १४ जना आरोहीहरूको उद्धार गरेका छन् । अझै सातजना हराइरहेको जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हराइरहेकाहरूको खोजी मध्यरातमा रोकिएको थियो । केही समय आरामपछि बिहानबाटै फेरि खोजी सुरु हुने जनाइएको छ । मृत्यु भएकाहरूमा राजनीतिकर्मी, प्राज्ञ, डाक्टर र पर्वतारोहण इन्स्ट्रक्टर रहेको जनाइएको छ । सो क्षेत्रमा शुक्रबार झण्डै एक सयजना रोकिएका थिए । उनीहरू स्की गर्न जाने र अरु व्यक्ति थिए । हिम पहिरोले केबल लाइन ध्वस्त बनाएपछि उनीहरू त्यही हड्किएका थिए । यस क्षेत्रमा अझै हिम पहिरो आउन सक्ने चेतावनी जारी गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु