इरानले युरेनियम प्रशोधन बढाउनुका साथै परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन गर्ने सकिने प्रावधान उल्लेख थियो । संसद्ले पारित गरेको कानुन पालन गर्न अब इरान सरकारले त्यसको करिब ६ गुणा बढी युरेनियम सम्वर्द्धन गर्नुपर्नेछ ।इरानी राष्ट्रपति हसन रौहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भएपछि त्यहाँको संसद्ले यस्तो कानुन पारित गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इरानको राजधानी तेहरानस्थित एक सडकमा फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्यामा इजरायलको हात रहेको इरानको दाबी छ । इजरायलको नेतृत्वमा देशबाट निष्कासित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रहार गरी फख्रिजादेहको हत्या गरेको इरानको भनाइ छ । उक्त घटनाबारे भने इजरायलले हालसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । इरानको परमाणु कार्यक्रममा फख्रिजादेहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बताइन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु