५ साउन, काठमाण्डौ । इरानी विदेशमन्त्री मोहम्मद जावद जरिफ एक दिने औपचारिक भ्रमणमा इराक पुगेका छन् ।
इराकसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय स्थितिका बारेमा छलफल गर्न विदेशमन्त्री जरिफ इराकको एक दिने औपचारिक भ्रमणमा पुगेका हुन् ।
दुवै विदेशमन्त्रीले मध्य बग्दादस्थित अति सुरक्षित ग्रिन जोन नजिकै रहेको इराकी विदेश मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनसमेत गरेका थिए ।
त्यस अवसरमा इराकी विदेशमन्त्री हुसेनले दुवै नेताबीच द्विपक्षीय सम्बन्धका साथै कोरानाका कारण उत्पन्न स्वास्थ्य समस्याका कारण स्थगित भएको दुई देशबीचको व्यापार पुनः सुरु गर्ने बारेमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानी विदेशमन्त्री जरिफले इरान–इराक सम्बन्धलाई कसैले तोड्न नसक्ने बताउँदै सुदृढ एवं सक्षम इराकको निर्माणले क्षेत्रीय सन्तुलन कायम गर्न मद्दत पुग्ने बताए ।
इरानी विदेशमन्त्री एक दिने इराक भ्रमणमा
- सिम्रिक खबर
- • ६ महिना अगाडि