इसाई धर्मावलम्बीहरुले आज हर्षोल्लासका साथ क्रिसमस मनाउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल नेपालमा १३ हजार हाराहारी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको गहतराजले बताए । हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । तर, यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले सावधानी अपनाउने उनले आह्वान गरेका छन् ।

क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा अघिल्ला वर्षकहरूको जस्तो यस पटक रौनक छैन । महामारीका कारण यस पटक जमघट कम छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु