इस्लामिक स्टेटबाट प्रभावित भएर ह्वाइट हाउस र ट्रम्प टावरमा आक्रमणको योजना बनाएको खुलासा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

साउथ क्यारोलिनाका एक व्यक्तिले अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी भवन ट्रम्प टावरमा आतंकवादी आक्रमण गराउने योजना बनाइरहेको स्वीकार गरेका छन् । यी व्यक्तिले आफू इस्लामिक स्टेटबाट प्रभावित भएर यस्तो योजना बनाएको बताएका छन् । संघीय अधिकारीहरुले मंगलबार यसको जानकारी दिएको समाचार एजेन्सी एपीले जनाएको छ । ३४ वर्षका सीन एन्टोनियो म्याथ्युजले सान एन्टोनियोमा मजिस्ट्रेट जजसमक्ष सुनुवाइको क्रममा आतंकवादी संगठन आइएसलाई सामान उपलब्ध गराउनको लागि षड्यन्त्र रचेको अपराध स्वीकार गरेका हुन् । म्याथ्युजका अनुसार उनले टेक्सासकी जेलिन क्रिस्टोफर मेलिनासँग मिलेर मे २०१९ देखि देश र विदेशमा आतंकवादी आक्रमणको लागि थप मानिसहरु भर्ती गर्ने र बम बनाउने जानकारी साझा गर्ने षड्यन्त्र गरिरहेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यी दुवैलाई यो मामिलामा १४ अक्टोबरमा दोषी ठहर गरिएको थियो । म्याथ्युजलाई २०२१ को मार्च ४ मा सजाय सुनाइनेछ । उनलाई २० वर्ष जेल सजाय हुन सक्छ । अहिले उनी संघीय हिरासतमा रहनेछन् । मेलिना पनि अहिले पुलिस हिरासतमा छिन् । दोषी ठहर भएमा उनलाई ४० वर्षसम्म जेल सजाय हुन सक्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु