हिमताल विष्फोटका कारण भारतको उत्तराखण्डको चमोली जिल्लास्थित ऋषिगंगामा आएको बाढीका कारण २०३ जना बेपत्ता भएका छन् । अहिलेसम्म १४ जनाको शव फेला परेको छ भने १६ जनाको उद्धार भइसकेको छ । हिमताल विष्फोट हुँदा ऋषिगंगा हाइड्रोपावर र एनटीपीसी प्रोजेक्ट साइटमा सबैभन्दा बढी क्षति पुगेको छ । एनटीपीसी हाइड्रोका दुई सुरुङमध्ये एक सुरुङमा फसेका १६ जनाको उद्धार भएको छ । दोस्रो सुरुङमा ३५ जना कामदार रहेका छन् । ती सबै अझै फसेका छन् । २.५ किलोमिटर लामो उक्त सुरुङ आइतबार राति बढी पानी भएका कारण उद्धार रोकिएको थियो । ३५ जनाको उद्धार कार्य अहिले जारी रहेको छ । उक्त सुरुङको एक सय मिटर हिस्सा सफा भइसकेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185