उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि किम जोङ उनले आइतवार आकस्मिक बैठक बोलाएको उत्तरको सरकारी समाचार संस्था केसीएनएले जानकारी दिएको छ ।
संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया पसेको बताइएको छ । उक्त व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर भागेको बताइन्छ । उसलाई स्वास्थ्य जाँचबुझ गरि क्वारेन्टीनमा राखिएको र उनिसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टीनमा राखिएको बताइएको छ ।
किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् र उक्त क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । देशको सेन्ट्रल मिलिटरी कमिसनले संक्रमित व्यक्तिलाई अवैध रूपमा देश प्रवेश गर्न दिनमा जिम्मेवार इकाइको खोजी गर्ने र कठोर दण्ड दिने जनाएको छ ।