उत्तर कोरियाले जापानमा हुने ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको छ। कोरोनाभाइरसको महामारीलाई कारण देखाउँदै उत्तर कोरियाले उक्त निर्णय गरेको हो। मार्च २५ मा बसेको उत्तर कोरियाको ओलम्पिक कमिटीको बैठकले विश्वव्यापी महामारीबाट आफ्ना खेलाडीलाई जोगाउन खेलमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सन् १९९८ मा दक्षिण कोरियामा भएको ओलम्पिक पनि उत्तरले बहिष्कार गरेको थियो। त्यसयता पहिलो पटक उत्तर कोरियाले पहिलो पटक ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको हो। कमजोर स्वास्थ्य प्रणाली भएको उत्तर कोरियाले कोरोना महामारी रोक्न निकै कडा मापदण्डहरू अपनाइरहेको छ। त्यहाँका सरकारी अधिकारीहरूले अहिलेसम्म आफ्नो देशमा कोरोनाका संक्रमित नभएको दाबी गर्दै आएका छन् तर यस्तो दाबी स्वतन्त्र रूपले पुष्टि हुन सकेको छैन।



JUNGLE






from the
city



पोहोर साल कोरोना महामारीले रोकिएको ओलम्पिक यस वर्ष जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तय भएको छ।