उत्तर-पूर्वी नाइजेरियामा खेतमा काम गरिरहेका मजदुरमाथि आक्रमण गरी कम्तीमा ४३ जनाको हत्या

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

उत्तर-पूर्वी नाइजेरियामा शनिबार खेतमा काम गरिरहेका मजदुरमाथि आक्रमण गरी कम्तीमा ४३ जनाको हत्या गरिएको छ। विभिन्न मिडियाका समाचारलाई उधृत गर्दै बीबीसले जनाएअनुसार नाइजेरियाको बोर्नो राज्यको राजधानी मेडुगुरीनजिक धानखेतमा काम गरिरहेका मजदुरमाथि आक्रमण भएको हो। आक्रमणकारीले उनीहरुलाई पहिला बाँधेका थिए। त्यसपछि घाँटी रेटेर हत्या गरिएको थियो। उक्त क्षेत्रमा इस्लामिक उग्रवादी बोको हरम र इस्लामिक स्टेट (आईएस) पश्चिम अफ्रिका सक्रिय छन्। तर, कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन्। यो आक्रमणलाई बिगत केही महीना यता भएकामध्ये ‘सबैभन्दा बीभत्स’ बताइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले यो हमलालाई ‘पागलपन’ बताएका छन्। उनले हमलाको निन्दा गर्दै भनेका छन्, “मिहिनेत गरिरहेका मजदुरमाथि भएको हमलाको जति निन्दा गरे पनि कम हुन्छ। यो घटनाबाट पूरा देश लज्जित भएको छ।”एएफपीलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सबैलाई रेटेर हत्या गरिए पनि केहीको शरीरमा अन्य गम्भीर चोटहरु पनि छन्। केही मजदुर अझै गायब भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। एएफपीका अनुसार मारिएका सबै मजदुर उत्तर-पश्चिमी राज्य साकोतोका बासिन्दा थिए। उनीहरु कामको खोजीमा एक हजार किलोमिटर टाढा बोर्नो राज्यमा आएका थिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु