उद्योग मन्त्रालयले सीआईबीलाई डिजिटल मुद्राको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न पत्राचार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

उद्योग मन्त्रालयले पाई लगायतका पाँच वटा डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्रचार गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न भन्दै मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सीआईबीलाई पत्राचार गरेको हो । त्यस्ता नेटवर्कले गैरकानूनी रुपमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरिरहेको विभागले उल्लेख गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पत्रमा यो विषयमा हाल अध्ययन भइरहेको र थप छानबिनका लागि कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन सीआईबिलाई आग्रह गरिएको छ । विभागले उनीहरुको नाम र फोन नम्बरसहित सीआईबिलाई पत्राचार गरेको छ । विभागले पठाएको पत्रमा वान कोइन डिजिटल करेन्सीका गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु