उपत्यका प्रवेशको नाकामा प्रहरीले कडाइ कायमै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

श्रावण ८, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भएपनि उपत्यका सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उपत्यका प्रवेशका नाकाहरुमा पूर्ववत रुपमै चेकजाँचलाई कडाइ गरिएको छ ।
अहिले पनि उपत्यका प्रवेशका लागि सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा मात्रै उपत्यका प्रवेश गर्न दिइएको उनले बताए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवसायीले सार्वजनिक यातायात चलाउन थालिसकेका छन् ।
लामो दूरीको यातायातका साधन भने आगामी भदौ १ गतेदेखि सञ्चालन हुनेछ । कोरोनाभाइरस संक्रमण जोखिमका कारण गत चैतदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु