एआई प्रयोग गर्दै युट्युवले एक करोड ८ लाख भिडियो हटायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

पछिल्लो समय युट्युवले भने आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर सहयोग लिई कम्पनीको नीति विरुद्द अपलोड भएका भिडियो हटाउन थालेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्मको रुपमा रहेको युट्युवले यस वर्षको दोस्रो त्रैमासिक अवधि (अप्रिलदेखि जुनसम्म) मा एक करोड १४ लाख भिडियाहरु हटाएको हो । यसमध्ये एआई प्रयोग गर्दै एक करोड ८ लाख भिडियो हटाइएको युट्युवले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कम्पनीले घरबाटै काम गरिरहेका आफ्ना कर्मचारीलाई भिडियो हटाउन कुनै दबाब दिएन । बरू कम्पनीको नीति अनुसार हानिकारक भिडियोलाई एआईको प्रयोग गरी स्वतः हटाउन कम्पनी सफल भयो ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याङ्कनका आधारमा ती भिडियोहरू हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले यस अघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनुपरेको कम्पनीको तथ्याङ्क छ ।

बाल सुरक्षा, स्पाम, हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन मानिस बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु