एउटा कछुवाले बदल्न सक्छ तपाईंको भाग्य : बास्तु टिप्स

कछुवाले लामो उमेरको संकेत गर्दछ, साथै घर वा काम गर्ने ठाउँमा राखेमा यसले धन र सुखको बर्षा  गराउन सक्छ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

सिम्रिक डेस्क ।
कछुवाको प्रयोग प्राचीन समयदेखी नै वास्तुको उपयको रुपमा हुने गर्दथ्यो । हामिले मन्दीरमा जाँदा जुन शान्तिको अनुभव गछौं, त्यसको मुख्य कारण मन्दीरमा कछुवाको स्थापना हुनुले हो । भनिन्छ कछुवा जहाँ रहन्छ यसले शान्ति तथा समृदीको बहार नै ल्याउँछ । तपाईले याद गर्नु भएको होला, आजकल मानिसहरु घर अफिसमा कछुवाको प्रतिमा राख्ने गर्छन् । बास्तु अनुसार धातु, माटो र स्फटीक (हेर्दा सिसा जस्तो) बाट बनेको कछुवा बास्तुका लागि राम्रो मानिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्फटिकको कछुवा तपाईंले आफ्नो घर वा कार्यस्थलमा राख्ने गर्नुहुन्छ भने व्यर्थको भागदौड र अनावश्यक प्रयासबाट यसले तपाईलाई जोगाउने छ । साथै यसले तपाईलाई कार्यगत सुरक्षा समेत प्रदान गर्दछ । कछुवा एउटा यस्तो प्रभावशालि यन्त्र हो जसबाट सम्पूर्ण बास्तु दोष निवारण हुनसक्छ । वास्तु अनुसार स्फटिकबाट बनेको कछुवा घरमा राख्नु ज्यादै उत्तम मानिन्छ । यसले तपाईंको कार्य योजना सम्पन्न गर्ने शक्ति प्रदान गर्नुका साथै आर्थिक समस्याहरुबाट समेत छुटकारा दिलाउँछ । यसलाई तपाईंले घर वा आँफू काम गर्ने अफिसको उत्तर पूर्वमा मुख आँफूतिर फर्काएर राख्नु भयो भने पक्कै तपाईले सोंचेका कुराहरु हुन थाल्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पीत्तल, चाँदी, तामा वा अष्ट धातुबाट बनेको कछुवालाई पनि घर र व्यावसायिक स्थलमा राख्नु शुभ मानिन्छ । यसले घर र व्यावसायमा समरात्मक उर्जा दिन्छ । कुनै दोष भए नाश गरिदिन सक्छ । धातुबाट बनेको कछुवाले आपसि दोष, कडा परिश्रम गर्दा पनि प्रतिफल नआउने लाई प्रतिफल दिने, झैं झगडा र अविश्वासलाई नाश गर्ने शक्ति राख्दछ । यसलाई पनि सफा ठाउँमा घरको उत्तर दिशामा राख्नु पर्छ । यसले तुरुन्तै काम गर्न थाल्छ ।
यतिसम्म कि तपाईले घरको मुख्य ढोकामा कछुवाको चित्र लगाउनाले मात्र पनि घर परिवारमा शान्ति छाउँछ । यदि घरमा विरामी परेर नियमित औषधी सेवन गर्ने को हिभमा पनि त्यसबाट छुटकरा दिलाउँछ । यसमा आपसी क्लेस र मतभेदलाई समेत नाश गर्न सक्ने शक्ति हुन्छ ।

माटोबाट बनेको कछुवालाई तपाईले घर वा व्यावसायको उत्तर पूर्व वा दक्षिण पश्चिम दिशामा राख्नु पर्छ । यसपछि तपाईलाई सबै कुरामा सकरात्मक परिणाम मिल्नेछ । यस्तो कछुवालाई घरमा राख्दा व्यक्तिमा सकरात्मक उर्जा समान रुपमा बहन हुन थाल्छ र जीवनका उतार चढावहरुलाई नियन्त्रण गर्न सक्ने सामथ्र्य मिल्छ । साथै घरमा शान्ति, दीर्धायु र धनको वास हुनेकुरा बास्तु शास्त्रले बताएको छ ।

पीठमा बच्चा बोकेको कछुवा घर, अफिस, व्यावसाय जहाँ राख्दा पनि शुभ हुने बताईएको छ । यसमा खास प्रकारको माउ कछुवा जसको पीठ्युँमा बच्चा भएको हुन्छ । यो प्रजननको प्रतिक समेत हो । जुन दम्पतीको सन्तान नभएर कठिन अवस्था आएको छ उनीहरुले कछुवा आफ्नो घरमा राख्दा त्यसले सुखद् परिणाम दिनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु