एउटा यस्तो तरकारी जुन एक किलोको पर्दछ १ लाख ४० हजार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

सामान्यतः हामी तरकारी किलोको १ सय रुपैयाँ भयो भने महङ्गो लाग्छ । तर संसारमा एउटा यस्तो तरकारी छ जो किन्नका लागि ठूला धनीहरु पनि दश पटक सोच्ने गर्दछन् । यो तरकारी १ हजार यूरोको एक किलो पाइन्छ । नेपाली रुपैयाँ १ लाख ४० हजार पर्दछ । यो तरकारीको नाम हो ‘हप सुट्स’ हो यो एक प्रकारको फूल हो । त्यसलाई हप कोन्स भनिन्छ । खासमा यो फूल प्रयोग बियर बनाउनका लागि प्रयोग हुन्छ । यसका अन्य भागहरु खान प्रयोग गर्ने गरिन्छ । महङ्गो भएका कारण नै यो तरकारी सहरका कुनै पनि बजारमा पाउन गाह्रो छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हप शुट्स औषधीय गुणले भरिएको वनस्पती हो । यसको प्रयोग जडीबुटीको रुपमा नै विशेष गरी गरिन्छ । दाँतको पीडा कम गर्नका लागि यो एकदमै उपयोगी जडीबुटी मानिन्छ । यसका साथै टीबी जस्ता गम्भीर रोगको उपचारका लागि पनि यसको प्रयोग हुन्छ । यसमा एन्टिबायोटिकको गुण पाइन्छ । हप शुट्सलाई काँचै पनि खान सकिन्छ । यद्दपि यो धेरै नै तितो हुन्छ । यसको डाँठलाई सलादको रुपमा पनि खाने गरिन्छ । यसको अचार उत्तिकै स्वादिलो र फाइदाकारी हुन्छ । यसमा औषधीय गुण छ भन्ने सयौं वर्ष पहिले पत्ता लगाइएको थियो । करीब ८०० इस्वीको नजिकै यसलाई बियरमा मिलाएर पिउने गरिन्थ्यो ।

यसलाई अहिले पनि बियरमा राखेर खाने गरिन्छ । सबैभन्दा पहिले यसको खेतीको शुरुवात उत्तरी जर्मनीमा भएको थियो । यसपछि बिस्तारै संसारभर फैलियो । यसको प्रभावकारीतालाई ख्याल गर्दै १८ औं शताब्दीको शुरुवातमा बेलायतमा कर पनि लगाइएको थियो । साथै बियरलाई अझै स्वादिलो बनाउन लागि यसको प्रयोग अनिवार्य गरिएको थियो । मार्चदेखि जुन महिनासम्म यसको खेतीका लागि उपयुक्त समय मानिन्छ । यसको बिरुवा भूईंतिर झुक्दै सूर्यको प्रकाशमा तीब्ररुपमा हुर्किन्छ । भनिन्छ, यसको डाँठ एक दिनमा छ इन्च बढ्छ । यसको डाँठ शुरुमा बैजनी रंगको हुन्छ र पछि हरियो रंगमा बदलिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु