काठमाण्डौ । विहिबार १२ सय २८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संया ४२ हजार ८७७ पुगेको जानकारी दिए । त्यसैगरी वितेको २४ घण्टामा ९१७ जना निको भएका छन् । भने ६ जनाको मृत्यु भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आज सबैभन्दा धेरै काठमाण्डौमा संक्रमित फेला परेका छन् । हालसम्म २४ हजार २०७ जना निको भएका छन् भने निधन हुनेहरुको संख्या २५७ पुगेको छ । अहिलेसम्म ७ लाख ३१ हजार ८५२ परिक्षण गरिएको छ । देशभर ६ हजार ७ सय ४९ जना क्वारेन्टीनमा रहेका छन् भने १८ हजार ४१३ जना आइसोलेटेड छन् ।