एसियाली विकास बैंक (एडिबी) ले कोरोना भाइरस प्रतिरोधात्मक भ्याक्सिनसम्मको पहुँच विस्तार गर्न आफ्ना विकासशील सदस्यका लागि २ करोड ३ लाख अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। एडिबीले भ्याक्सिनको प्रभावकारी र समतामूलक वितरणका लागि प्राविधिक सहायतामार्फत् यो रकम उपलब्ध गराउने भएको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोरोना भाइरस प्रतिरोधात्मक भ्याक्सिनको ढुवानी, भण्डारणको पूर्वतयारी र यसको वितरणको प्रभावकारिताको मूल्यांकनका लागि यो रकम खर्च गरिनेछ। एडिबीले कोरोना भाइरसको भ्याक्सिन उपलब्धतासँगै आफ्ना सदस्य राष्ट्रहरूमा त्यसको सहज, प्रभावकारी र व्यवस्थित उपलब्धता एवं वितरणका लागि सहयोग गर्ने भएको हो। एडिबीले विश्व स्वास्थ्य संगठन, राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० तथा भ्याक्सिन उत्पादक कोभ्याक्स, जाभी र विश्व बैंक लगायतका बहुपक्षीय दातृ निकायसँग सहकार्य गरेर यो सहायता उपलब्ध गराउनेछ।



JUNGLE






from the
city



यो रकममध्ये २ करोड डलर एडिबीको प्राविधिक सहायता विशेष कोषबाट व्यहोरिनेछ। साथै बाँकी ३ लाख डलर जापान सरकारको सहयोग रहनेछ। एडिबीले यसअघि २० अर्ब डलरको विस्तृत सहायता प्याकेज घोषणा गरिसकेको छ। यो प्याकेजबाट नेपालले कति सहायता पाउँछ अहिलेसम्म टुंगो लागेको छैन। यसअघि विश्व बैंकले घोषणा गरेको १२ अर्ब डलरको प्याकेजमा भने नेपाल सहभागी भइसकेको छ।