

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
काठमाडौं । उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघले उपप्रधान तथा रक्षामन्त्री एवं कोराना संकट व्यवस्थान केन्द्र (सीसीएमसी) का संयोजकलाई ज्ञापन पत्र दिँदै यस्तो माग गरेको हो ।



JUNGLE






from the
city



विदेशी भूमिमा रोग र भोकको भयमा बस्नुपरेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारण विदेश मै रोकिएकाको उद्धार यथाशीघ्र गरिनु पर्नेमा संघले जोड दिएको छ । सरकारले विदेशबाट उल्लेख्य संख्यामा उद्धार गरे पनि अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढाएको संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सीमित उद्धार गर्ने जस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको संघको भनाइ छ । ‘एकातिर चार्टर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्कोतिर फर्किन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको छ,’ संघले भनेको छ ।
यसर्थ उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् उद्धार गर्न संघ सरकारसँग माग गरेको छ ।
नेपालमा फर्किसकेका नेपालीको व्यवस्थापन, रोजगारीको सुनिश्चितता जस्ता कयौं प्रश्न अझै अनुत्तरित रहेको संघका अध्यक्ष कुमार पन्तले जनाएका छन् ।