एनएसएलका लागि विराटनगर सिटी एफसीले भारतीय प्रशिक्षक यान ललाई बनायो प्रशिक्षक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले भारतीय प्रशिक्षक यान ललाई प्रशिक्षक बनाएको छ । विराटनगरले यानलाई प्रशिक्षक नियुक्त गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि विराटनगर सिटी एफसीका प्रमुख कार्यकारी अधिकृत सुबासिस कोइरालाले यानसँग कुरा भइरहेको र उनी नेपाल आएपछि अन्तिम निर्णय हुने बताएका थिए । यान राम्रो प्रशिक्षक रहेको समेत कोइरालाले बताएका थिए । उनी एएफसी ए लाइसेन्स लिने सबैभन्दा युवा प्रशिक्षक रहेको विराटनगरले जनाएको छ । भारतको आई लिगमा विभिन्न क्लब हेरिसकेका उनी युवा उमेरमै अनुभवी प्रशिक्षक बनिसकेका छन् । केही दिनअघि सम्पन्न आई लिगमा उनले एजवाल एफसीको प्रशिक्षकको रुपमा काम गरेका थिए । सोही क्लबा नेपालका अभिषेक रिजालले समेत खेलेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै उनले गएको सिजन अभिषेक नै खेलको मोहम्मदन स्पोर्टिङलाई आई लिग क्वालिफायर्स जिताउँदै आई लिगमा छनोट गराएका थिए । २८ वर्षीय यानले यसअघि आई लिगमै मिनेर्भा पञ्जावको प्रशिक्षको रुपमा काम गरेका थिए, जहाँ नेपालका किरण चेम्जोङले पनि खेलेका थिए । बिराटनगर सिटी एफसी एनएसएलमा विदेशी प्रशिक्षक भित्र्याउने दोस्रो क्लब हुनेछ । यसअघि धनगढी एफसीले नाइजेरियाका फुजा तोपेलाई अनुबन्ध गरिसकेका छ । फुजाले नेपालमा मनाङ मर्स्याङ्दी क्लबलाई प्रशिक्षण गराइसकेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टिमका डिफेण्डर रन्जित धिमाल रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संस्करणको एनएसएल बैशाख ११ देखि २१ गतेसम्म हुनेछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा देशभरका सात वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसका खेलाडीको अक्सनसमेत भइसकेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु