एनडिबीले स्वतः चार्ज हुने हजारौं आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

अमेरिकी कम्पनी एनडिबीले स्वतः चार्ज हुने हजारौं आयु भएको ब्याट्रीको प्रोटोटाइप लिएर आएको छ । यो कम्पनीले नानो डायमन्ड ब्याट्रीको विकास र निर्माण गर्दै आइरहेको छ, जो सफा र हरियाली वातावरण मैत्री छ ।एनडिबीले आफ्नो नानो डायमन्ड ब्याट्रीको अवधारणाको सफल परीक्षण गरेको जानकारी दिएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दुईमध्ये एउटा परीक्षण लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा भएको थियो भने अर्को क्याम्ब्रिज विश्वविद्यालयको क्याभेन्डिस प्रयोगशालमा भएको थियो । दुवै परीक्षणमा एनडीबीको ब्याट्री प्रविधिले ४० प्रतिशत चार्जलाई व्यवस्थापन गरेको पाइयो । स्ट्याण्डर्ड कमर्सियल डायमन्डको यो १५ प्रतिशत चार्ज कलेक्सन इफिसियन्सीको तुलनामा पछिल्लो परिणाम धेरै ठूलो सुधार हो । एनडीबीको यो अन्वेषणले नयाँ प्रोपाइटरी नानो डायमण्ड ट्रिटमेन्टको सृजना गर्नेछ । यसले हिराबाट एकदमै राम्रो विद्युतीय चार्ज निकालेर ब्याट्री बनाउन मद्दत गर्नेछ । यो विकासको मूलभूत उद्देश्य भनेको २८ हजार वर्षको अधिकतम आयुसम्म भएको ब्याट्रीको भर्सनलाई व्यवसायीकरण गरेर लैजानु हो । यो कृत्रिम हिराले बेरेको कार्बन १४ न्युक्लियर वेस्टबाट तयार गरिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो ब्याट्रीले काम गरिरहँदा कार्बन उत्सर्जन गर्दैन । यसले काम गर्न खुल्ला हावा चाहिन्छ । यसमा भएको चार्जलाई प्रयोग गर्न सकिने हुँदा यो प्राविधिक रुपमा पनि ब्याट्री नै हो । यसमा भएको एकपटकको चार्ज त्यो उपकरण, प्रयोग गर्ने व्यक्तिको आयूभन्दा लामो हुन्छ । यसकारण यो एक किसिमको चार्ज फ्री सोल्युसन पनि हो । एनडीबीले यो ब्याट्रीलाई प्रयोगयोग्य शक्तिको स्रोत बनाउने अपेक्षा गरेको छ । ताकि सामान्य मानिसहरुले समेत यसको प्रयोग गर्न सकुन् । यसलाई एयरक्राफ्ट, इभीएस, ट्रेन र साना साना उपकरणहरु स्मार्टफोन, लगाउन मिल्ने साना औद्योगिक सेन्सरहरुमा पनि प्रयोग गर्नलाई यसमा काम गर्ने एनडीबीको उद्देश्य छ ।

कम्पनी अहिले यसबाट पहिलो कमर्सियल ब्याट्रीको प्रोटोटाइप निर्माणका लागि काम गरिरहेको छ । यसलाई अर्को वर्षसम्ममा सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु