एनसीबीले अभिनेता अर्जुन रामपाललाई शुक्रबार बयानका लागि बोलायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

अर्जुन रामपालकी प्रेमिका गाब्रिएला डेमेट्रिएडिस आज (बिहीबार) नारकोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० पुगेकी छिन् । उनी आफ्नो वकिलसँगै एनसीबी कार्यालय पुगेकी हुन् । एनसीबीका एक प्रतिनिधिका अनुसार उनलाई एनसीबीले दोस्रोपटक बयानका लागि बोलाएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अभिनेता अर्जुन रामपाललाई भने शुक्रबार (भोलि) बोलाइएको छ । अर्जुन र उनकी प्रेमिकालाई एनसीबीले पहिले पनि सोधपुछ गरिसकेको छ । अर्जुनको घरमा एनसीबीले छापा मार्दा केही प्रतिबन्धित औषधि फेला पारेको थियो । एनसीबीका अधिकारीहरुका अनुसार अर्जुन र गाब्रिएलाले ती औषधि कहाँबाट आएको हो भनेर उत्तर मागिनेछ । साथै उनीहरुसँग यो औषधि राख्नका लागि कानुनी प्रेस्क्रिप्सन छरछैन सोधिनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एनसीबीले गाब्रिएलाका भाइ अगिसियालोसलाई लागुऔषध ओसारपसारको आरोपमा पक्राउ गरिसकेको छ । एनसीबीले उनीसँग हशिश र एलप्राजोलम नाम ट्याब्लेटहरु फेला पारेको थियो । एनसीबीका अनुसार एक नाइजेरियन ड्रग्स डिलरसँगको सोधपुछपछि अगिसियालोसलाई पक्राउ गरेको हो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु