एनसीबीले अभिनेत्री रिया चक्रवर्तीसँगै ३३ जनाविरुद्ध अदालतमा आरोप पत्र पेस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यमाथि ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको भारतको नार्कोटिक्स ब्युरो (एनसीबी)ले अदालतमा लामो आरोप पत्र पेस गरेको छ । आरोपपत्रमा सुशान्तकी प्रेमिकासमेत रहेकी अभिनेत्री रिया चक्रवर्तीसँगै ३३ जनाको नाम समेटिएको छ । साथै २ सय साक्षीका बयान पनि आरोप पत्रमा समेटिएको छ । आरोप पत्र १२ हजार भन्दा बढी पृष्ठको छ भने यसको डिजिटल कपी करिब ५० हजारको रहेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आरोपपत्रमा लागूऔषधको स्रोत र बिक्रीवितरणबारे समेटिएको बताइएको छ । एनसीबीलाई आरोप पत्र पेस गर्न छ महिना लाग्यो । गत सेप्टेम्बरमा एनसीबीले रियालाई पक्राउ गरेको थियो । रिया, उनका भाइ शोविक चक्रवर्ती र सुशान्तका स्टाफबीच भएको ह्वाटस्याप च्याट बाहिरिएपछि अगस्टमा यो मुद्दा दर्ता भएको थियो । उनीहरुले स्वर्गीय अभिनेता सिंहका लागि ड्रग्स खरिद बिक्री गरेको आरोप लागेको थियो । रिया, शोविक र सुशान्तका स्टाफ सामुएल मिरान्डा, दीपेश सावन्त धरौटीमा छुटिसकेका छन् । उनीहरुपछि एनसीबीले यो मुद्दामा ३० जना सम्बन्धितलाई हिरासतमा राखेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

६ महिने लामो अनुसन्धानपछि एनसीबीले विभिन्न ठाउँमा छापा मार्नुका साथै बलिउडसँगको ड्रग्स सम्बन्ध बाहिर निकाल्यो । एनसीबीले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, रकुल प्रित, ऋद्धा कपुर, अर्जुन रामपाललगायतको बयान लियो । यी बयान र केही अनुसन्धानको नतिजा एनसीबीले अदालतलाई बुझाइसकेको छ । त्यसको जाँचपछि अदालतले आरोपितलाई अदालतमा पेस हुन लगाउने बताइएको छ । महाराष्ट्रका मन्त्री नबाव मलिकका छोरा समीर खान पनि यो मुद्दामा गत जनवरीमा पक्राउ परेका थिए । फेब्रुअरीमै सुशान्तको साथी एवं फिल्म निर्देशक ऋषिकेश पवारलाई यो मुद्दामा एनसीबीले पक्राउ गरेको थियो । धर्मा प्रोडक्सनमा आबद्ध रहेका क्षितिजरवि प्रसाद पनि यो मुद्दाका आरोपित हुन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु