एनसेलको ‘अल्ट्रा वाइफाई सिम प्लस’ बजारमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 71
  •  
  •  
  •  
  •  
    71
    Shares

काठमाण्डौ – निजी दुरसञ्चार सेवा प्रदायक एनसेल अजियाटाले घर तथा साना कार्यलयको प्रयोजनका लागि सुलभ वाइफाइ सेवा लिन मिल्ने ‘अल्ट्रा वाइफाइ सिम प्लस’को सुविधा ल्याएको छ ।
एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजीरलङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ग्राहकले यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मिफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन्। ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुने र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुने कम्पनीको भनाइ छ।
अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डाटा भोलुम बण्डल सहितको एक विशेष सिम कार्ड हो । वाइफाइ सेवाका लागि बण्डल डाटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम र त्यसमा प्रत्येक महिना डाटा, अन नेट टक टाइम र डिजिटल कण्टेण्टहरु बण्डल सेवाका रुपमा पाइने एनसेलले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।

यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक ४३० रुपैयाँ रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाई सिम प्लस सेवामा वायरलेस डाटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डाटा पाउँछन् । यसका साथै बण्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डाटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन् ।

हप्ताको सातै दिन, २४ सै घण्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको एनसेलले जनाएको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डाटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाई सेवा सञ्चालनमा ल्याएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु