एन्ड्रोइड इन्टरप्राइजमा सूचीकृत पहिलो एमआईयूआई डिभाइस बन्यो रेड्मी नोट नाइन प्रो

रेड्मी नोट नाइन प्रो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गूगलले दुई वर्ष अघि ‘एण्ड्रोइड इन्टरप्राइज रिकमन्डेड’ कार्यक्रम सुरु गरेको थियो । जसको उद्देश्य व्यवसायहरुका लागि उपयुक्त फोन छनौट गर्न सहयोग पुर्याउनु थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कार्यक्रमको घोषणा भएयता कम्पनीले दर्जनौं स्मार्टफोनलाई यो सूचीमा समेटिसकेको छ । सामान्यतयाः यो अवार्ड राम्रो सफ्टवेयर तथा स्वीकार योग्य हार्डवेयर भएका स्मार्टफोनहरुलाई प्रदान गर्ने गरिएको छ ।

केही दिन अघि मात्र कम्पनीले भर्खरै सार्वजनिक वान प्लस एटलाई यो सूचीमा राखेको थियो । अहिले आएर रेड्मी नोट नाइन प्रो समेत त्यसमा थपिएको छ । यससँगै यो सूचीमा स्थान बनाउनेमा एमआईयूआई स्मार्टफोनमा रेड्मी नोट नाइन प्रो पहिलो बन्न सफल भएको छ । यद्यपी यो सूचीमा प्रवेश गर्ने साओमीको यो नै पहिलो फोन भने होइन ।

साओमी एमआई ए टू, एमआई ए टू लाइट र एमआई ए थ्रीले यस अघि नै एन्ड्रोइड इन्टरप्राइज प्रोग्राममा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । के तपाईंलाई थाहा छ, यी फोनमा भएको समान विषय के हो ? यी सबै एण्ड्रोइड वानमा रन भइरहेका छन् । यो सूचीमा उल्लेख हुनु नै कम्पनीका लागि गर्वको ठूलो विषय भने होइन । यसपछि यी फोनमा कम्पनीको एमआईयूआई सफ्टवेयर रहँदैन ।

रेड्मी नोट नाइन प्रोको यो सूचीमा आगमन हुनुको अर्थ के हो भने अबको दिनमा एमआईयूआई भएका अन्य डिभाइसहरु समेत एन्ड्रोइड इन्टरप्राइज रेकमन्डेसनको ग्याङमा जोडिनेछन् । यसमा आवद्ध हुन डिभाइसहरुमा जेरो टच इनरोलमेन्टको सपोर्ट, अनलक मोडेलको उपलब्धता र न्यूनतम तीन वर्षको अवधिका लागि गूगलले सार्वजनिक गर्ने एन्ड्रोइड सेक्युरिटी अपडेट कम्तिमा ९० दिनभित्र डेलिभरी जरुरी हुन्छ ।

एमआईयूआई चिनियाँ इलेक्ट्रोनिक्स उत्पादक साओमीले विकास गरेका स्मार्टफोन र ट्याब्लेट तथा कम्प्युटरका लागि तयार पारिएको एन्ड्रोइडमा आधारित अपरेटिङ सिस्टम हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि एउटा काँटा जस्तै हो । यसमा विभिन्न थीम सपोर्ट जस्ता अनेकौं फीचरहरु रहेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु