काठमाडौं । एपमार्फत टेलिभिजन सेवा अर्थाथ आईपी टिभी उपलब्ध गराउनु गैरकानुनी भन्दै त्यसलाई रोक्नुपर्ने मागसहित अदालतमा रिट दायर भएको छ । नेपालमा क्लिक फिड लागु भएसँगै आईपी टिभी बन्द गर्नुपर्ने माग केबल टिभी व्यवसायीहरुल राख्दै आएका थिए । यही विषयलाई लिएर सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ । जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अधिवक्ता विश्वश्वरप्रसाद गौतमले हालेको उक्त रिटमा विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामाग्री एप्लिकेसनमार्फत प्रसारण भइरहेको भन्दै त्यसलाई रोक्नु पर्ने उल्लेख गरिएको छ । उक्त रिटमा भनिएको छ, ‘इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप्स प्रयोग भएको छ । एन्ड्रोइड आईपी टिभी एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी र भिडिओ प्रसारण गैर कानुनी हो ।’ उनीहरुले दिने कन्टेन्ट धेरैजसो विज्ञापनसहित हुने भएकाले यसलाई राक्नुपर्ने माग केबल व्यवसायीहरुले उठाउँदै आएका हुन ।



JUNGLE






from the
city



एकातर्फ सरकाले क्लिक फिड भन्ने र अर्कोतर्फ एपमार्फत विज्ञापन सहितको कन्टेन्ट प्रयोगमा ल्याउन दिँदा त्यसले बजारमा बिग्रिने भन्दै व्यवसायीहरुले आईपीटिभी बन्द गर्नु पर्ने माग राख्न आएका थिए । त्यस्ता आईपीटीभी एपहरुमा प्रिमियम सेवा बाहेकमा विज्ञापनसहितको कन्टेन्ट हुने गरेको छ । उनीहरुले युट्युब, हंगामा, आजतक, हटस्टार, आस्था, सोनी लगायतका एपहरु डाउनलोड गरेर क्लिन फिड नगरी भिडियो समाग्री प्रसारण भइरहेकाले त्यसलाई रोक्नु पर्ने माग व्यवसायीले राख्दै आएका हुन् ।