एप्पलले सार्वजनिक ग-यो आफ्नै डिजाइनको चिप्स भएको पहिलो ‘म्याक बुक’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

एप्पलले आफ्नै डिजाइनको चिप्स भएको पहिलो म्याक बुक सार्वजनिक गरेको छ। मंगलबार भएको भर्चुअल कार्यक्रममा कम्पनीले म्याक बुकका तीन नयाँ संस्करण सार्वजनिक गरेको हो। म्याकबुक एयर, म्याबुक प्रो र म्याक मिनी एप्पलको म्याक कम्प्युटरका तीन नयाँ संस्करण हो। जसमा एप्पलले नै बनाएको ‘एम १ सिलिकन’ चिप्स रहेको छ। २००६ देखि एप्पलले आफ्ना म्याक कम्प्युटरमा इन्टेलको चिप्स प्रयोग गर्दै आएको थियो। गत जुनमा भएको विश्वव्यापी सम्मेलनमा एप्पलले चाँडै म्याक कम्प्युटरमा आफ्नै चिप्स हाल्ने घोषण गरेको थियो। जुन करिब १४ वर्षपछि पुरा भएको छ। बिबिसी टेकका अनुसार एप्पलको पहिलो ‘एम १ सिलिकन’ चिप्स आठवटा प्रोसेसर कोरबाट बनेको छ। यो प्रोसेसरमा अहिलेसम्मकै सबैभन्दा द्रुत सिपियु कोर छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एम १ चिप्सले ब्याट्री क्षमता बढाउँछ। साथै यसमा धेरै आइओएस एपहरु चलाउन सकिने एप्पलले बताएको छ। यो चिप्स प्रयोग भएको नयाँ म्याकबुक एयर १३ इन्चको छ। यसमा भएको प्रोसेसर चिसो राख्न फ्यानको आवश्यकता पर्दैन। यसको मूल्य ९ सय ९९ अमेरिकी डलर छ। म्याकबुक प्रो पनि १३ इन्चको छ। यो ल्यापटप एक पटक फुल चार्ज गरेपछि लगातर २० घण्टा सम्म भिडियो हेर्न सकिने एप्पलले बताएको छ। यसको मूल्य १ हजार २ सय ९९ अमेरिकी डलरबाट सुरु छ। म्याक मिनीलाई एप्पलको स्क्रिन–लेस डेक्स्टप कम्प्युटर भनिएको छ। यसमा १६ जिबी र्याम र २ टिबीसम्मको आन्तरिक स्टोरेज छ। यसको मूल्य करिब ६ सय ९९ अमेरिकी डलर छ। एप्पलले अबदेखि यी तीन संस्करणका म्याकबुक मात्र बेच्ने छ। तर यसले विकल्पको रुपमा इन्टेलको चिप्स भएको अन्य दुई ल्यापटप पनि ल्याउने बताएको छ। एप्पलका अनुसार यी म्याकबुक अर्को हप्तादेखि बजारमा उपलब्ध हुनेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु