एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वीरगन्ज महानगरपालिका वडा नं। २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको डीएसपी गौतम थापाले जानकारी दिए । एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रहरीले गाँजा र एम्बुलेन्ससहित तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् ।

पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु