एम्बुलेन्स चालकलाई साइरन नबजाउन डनको आदेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इटलीको माफियाले नाप्लेस शहरका एम्बुलेन्स चालकहरुलाई साइरन नबजाउन र फ्ल्याशलाइट नबाल्न आदेश दिएका छन् । शनिबार भएको भनिएको एक घटनामा २ जना ग्याङका सदस्यहरुले एउटा एम्बुलेन्सलाई रोकेर चालकलाई साइरन बनाएकोमा धम्की दिएका थिए । स्थानीय ग्याङका सदस्यहरुले एम्बुलेन्सको साइरन र लाइट मन नपराउने बताइएको छ किनकि त्यसले ड्रग डिलरहरुलाई झुक्याउन सक्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एम्बुलेन्सको साइरन र लाइट देख्दा ड्रग डिलरहरु पुलिस भनेर झुक्किने र उनीहरुका ग्राहकहरु समेत डराउने माफियाले बताएको छ । यससँगै नाप्लेसका एम्बुलेन्स चालकहरुले पुलिस सुरक्षा माग्न थालेका छन् । एक आकस्मिक केस लिएर साइरन बजाउँदै एक ड्राइभरले एम्बुलेन्स चलाइरहेका बेला ठूलो मोटरसाइकलमा आएका दुई जनाले एम्बुलेन्स रोकेको द टाइम्सले लेखेको छ । उनीहरुले एम्बुलेन्सको झ्यालमा हिर्काउँदै एम्बुलेन्स ड्राइभरलाई मार्ने धम्की दिएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

‘तिमीले बुझेका छैनौं यहाँ साइरन बजाउन पाइदैन रु यसलाई बन्द गर नत्र गोली हानिदिन्छौं’ तीमध्येका एक जनाले भने । यो घटनापछि डराएका चालक पुलिसलाई स्कर्टिङका लागि बोलाउन बाध्य भएका थिए । यस्तै अर्को घटना पनि भएको ४२ वर्षका इमरजेन्सी डाक्टर म्यानुएल रुगिएरोले बताए । उनले टाइम्ससँग भने ‘हामीलाई पहिले नै यस क्षेत्रमा साइरन प्रयोग गर्न आदेश दिइसकिएको छ । यहाँ एम्बुलेन्सहरुले यो षेत्र पार गरेपछि मात्रै साइरन बजाउँछन् ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु