जापानीज मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले नयाँ स्कुटर सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले एशियाली बजारलाई लक्षित गरेर ल्याउन लागेको अनुमान गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारतीय तथा चिनियाँ बजारलाई केन्द्रमा राखेर ल्याउन लागेको नयाँ स्कुटरको टिजर कम्पनीले बाहिर ल्याएको छ । होन्डा भारत र नेपालमा स्कुटर सेग्मेन्टमा अग्रणी स्थानमा रहँदै आएको छ । होन्डा डिओ नेपाली बजारमा सेग्मेन्ट लिडर रहेको छ भने भारतीय बजारमा एक्टीभा र डिओ सबैभन्दा धेरै बिक्री हुने स्कुटरमा पर्छ ।



JUNGLE






from the
city



केहि दिन अगाडि हुयाङ होन्डा चीनले नयाँ स्कुटरको टिजर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको टिजर इमेजमा स्कुटरको फ्रन्ट फेसमात्र देखिएको छ । टिजरमा देखिएको एलइडी डिआरएलले उक्त स्कुटर एग्रेशिप र स्पोर्टी डिजाइनमा रहेको अनुमान गर्न सकिन्छ । यसका साथै यसमा डबल एलइडी हेडल्याम्प रहने अुनमान रहेको छ ।
हुयाङ होन्डाले चिनीयाँ मार्केटमा यो स्कुटर छिट्टै सार्वजनिक गर्ने अुनमान गरिएको छ । भारत र नेपाल जस्ता अन्य एशियाली बजारमा मार्केट समेत स्कुटरको ठूलो बजार रहेको छ ।