काठमाण्डौ । एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका वृहत अनुभवहरु आदानप्रदान गर्ने कार्यशालाको उद्देश्य छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा हुने कार्यशाला आज उद्घाटन हुनेछ । कार्यक्रमको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नुहुनेछ । गएको वर्ष इन्डोनेसियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोभिड-१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम चैत्रमा काठमाण्डौमै आयोजना गरिनेछ । यो फोरमले एसिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुलाई एउटै मञ्चमा ल्याएर उनीहरुको ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताहरुको क्षमता अभिवृद्धिको प्रयास गर्दछ । विपद प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायहरुका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिहरुको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ ।



JUNGLE






from the
city


