एसएमसी जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा आउँदै, इच्छुक ग्राहकहरुका प्रिबुकिङ सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ । हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउने कम्पनीले बताएको छ । सीजी मोटोकर्पले एसएमसी जापानबाट हाइयर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइनअपलाई निरन्तरता दिनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौं,’ कम्पनीले भनेको छ । यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभीमध्ये पर्छ । यसमा फोर ह्विल सिस्टम, १।६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपेरियन्स’लाई नयाँ उचाइमा पु(याउने कम्पनीको विश्वास रहेको बताएको छ । भिटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रिबुकिङ सुरु गरेको छ साथै विशेष अफरको व्यवस्था समेत गरेको बताइएको छ । यी गाडीहरु सीजी नेक्स्टजेन सोरुमहरुबाट उपलब्ध हुने सीजी मोटोकर्पले बताएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु